गृहपृष्ठ एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश
एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ । अवहेलना मुद्दामा सर्वोच्चले त्यस्तो आदेश दिएको हो ।
न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले प्रचण्डलाई अदालतको अवहेलनामा कारबाही किन हुनु नपर्ने ? भन्दै आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको हो । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले अवहेलनाको निवेदन दिएका थिए ।
प्रकाशित समय १६:४८ बजे

















