गृहपृष्ठ संवैधानिक निकायका पदाधिकारीलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

संवैधानिक निकायका पदाधिकारीलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भई बुधबार सपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुको नियुक्त बदर गरी काममा गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

उनका अनुसार उक्त रिटको सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको छ । ‘संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नू/नगराउनू’ भन्ने आदेश हुनुपर्ने उनको रिटमा माग गरिएको छ । ‘सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप छ,’ रिटमा भनिएको छ, ‘तत्कालै रिटको सुनुवाइ भई नियुक्ति बदर गरेर काममा रोक लगाउन आदेश होस् ।’

विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति निवासमा पद तथा गोपनियताको सपथ लिएका थिए । मंसिर ३० गते बसेको परिषद बैठकले सिफारिसअनुसा नियुक्ति पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तका पूर्वसचिव प्रेमकुमार राई र आयुक्तहरु जयबहादुर चन्द र किशोर सिलवाल, मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी र जानकारी तुलाधरलगायत पदाधिकारीले आज सपथ ग्रहण गरेका हुन् ।

प्रकाशित समय १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु