गृहपृष्ठ नेप्सेमा ३७ अंकको वृद्धि, बैंक समूहको सेयरमा लगानीकर्ताको आकर्षण
नेप्सेमा ३७ अंकको वृद्धि, बैंक समूहको सेयरमा लगानीकर्ताको आकर्षण
आज पनि ऐतिहासिक मूल्यको सेयर कारोबार, बजार पुँजीकरण ३४ खर्ब ५२ अर्ब पुग्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च अंकमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार ३७.४८ अंकले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ ले उकालो लागेर ४६६.६० मा पुगेको छ । नेप्सेमा उच्च अंकको वृद्धिसँगै कारोवार रकममा समेत उच्च वृद्धि देखिएको छ । कुल २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता सेयर १० अर्ब ६१ करोड ९१ हजार ६३ हजार ८६९ बराबरको कारोबार भएको छ । यो हालसम्मकै उच्च कारोबार हो ।
आजको कारोबारपछि बजार पुँजीकरण बढेर साढे ३४ खर्ब बराबर भएको छ । नेप्सेका अनुसार कुल बजार पुँजीकरण ३४ खर्ब ५२ अर्ब ७५ करोड ८० लाख २५ हजार १२२ बराबर पुगेको छ । लगानीकर्ता बैंक, विकास बैंक र जीवन बिमा उपसमूहको सेयरमा आकर्षित भएको आजको कारोवारले देखाएको छ ।
कारोबार भएका १२ उपसमूहमध्ये पाँच उपसमूहको सेयर ओरालो लाग्दा सात उपसमूहको सेयर भने उकालो लागेको छ । व्यापार ३.९६, जलविद्युत् १९.७३, निर्जीवन बिमा १३१.९२, उत्पादन ७४.८९ र लघुवित्त ३१.४२ अंकले घटेको छ । यस्तै, बैंकिङ ६२.७२, होटल २८.८६, विकास बैंक ८६.४२, वित्त २२.६८, अन्य ९.६९, जीवन बिमा २११.३७ र सामूहिक लगानी कोष ०.१२ अंकले बढेको छ ।
कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा छ । प्रभु बैंकको ६२ करोड १३ लाख ५३ हजार १२९ बराबरको कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स ३३ करोड ७९ लाख ५६ हजार ८६३, नबिल बैंक ३३ करोड ४४ लाख ३४ हजार ५९७, डिप्रोक्स लघुवित्त ३३ करोड १२ लाख २९ हजार ९२७, ग्लोबल आइएमई बैंक २९ करोड ४२ लाख ३२ हजार ७७२, फस्ट माइक्रोफाइनान्स २७ करोड ८८ लाख ३४ हजार ७७५, नेपाल पुनर्बिमा कम्पनी २७ करोड ३९ लाख ९५ हजार ४३३, हिमालयन डिस्टिलरी २२ करोड ३२ लाख ८९८ र एनआइसी एशिया बैंक २० करोड ४८ लाख ९७ हजार १०८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा गरिमा विकास लघुवित्त ९.९२, प्रभु बैंक ९.१७, सनराइज बैंक ८.४५, माछापुच्छ्रे बैंक ८.३९, छ्याङदी हाइड्रो ७.७३, गरिमा विकास बैंक ७, सूर्योदय लघुवित्त ६.९९, नेपाल फाइनान्स ६.६९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले कमाए । हिमालयन ऊर्जा विकास कम्पनी ६.७८, उन्नती सहकार्य लघुवित्त ६.३७, स्वाभिमान लघुवित्त ५.४७, सिभिल लघुवित्त ५.११, लक्षमी लघुवित्त ४.८२, स्वरोजगार लघुवित्त ४.७३, किसान लघुवित्त ४.२४, हिमाल दोलखा हाइड्रोपावर ४.१७ र मिर्मिरे माइक्रो फाइनान्सका लगानीकर्ताले ४.०४ प्रतिशतले गुमाए ।
प्रकाशित समय १८:२८ बजे