गृहपृष्ठ बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईबारे प्रमाण बुझ्न आदेश
बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईबारे प्रमाण बुझ्न आदेश
बालुवाटारको ललिता निवास प्रकरणका विषयमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रमाण बुझ्न आदेश गरेको छ ।
रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासले उक्त आदेश गरेको हो । ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ? भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए ।
रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ । सो मुद्दा भने विशेष अदालतमा विचाराधीन छ । नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री रहेका थिए ।
प्रकाशित समय १६:५५ बजे

















