गृहपृष्ठ गुण्डा र तस्कर मुक्त समाज बनाउछु : काठमाडौं प्रहरी प्रमुख पोखरेल

गुण्डा र तस्कर मुक्त समाज बनाउछु : काठमाडौं प्रहरी प्रमुख पोखरेल

police-newskarobar

महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले मुलकलाई सभ्य, शान्त र भयरहित वनाउन गुण्डा तस्करलाई पाल्नै नहुने बताएका छन् । महानगरीय प्रहरी प्रभाग बलम्बुद्वारा २ सय ५ औं भानु जयन्तीका अवसरमा आयोजित कविता प्रतियोगितामा बोल्दै पोखरेलले गुुण्डा तथा तस्कर सफाईमा आफु लागेको बताए ।

अपराधमुक्त समाज निर्माणको लागि नागरिकको भूमिका महत्वपूर्ण हुने भन्दै उनले प्रहरीको अभियानलाई साथ दिन आग्रह गरे । ‘मानविय मूल्य र मान्यता रहेर काम गर्ने प्रहरी जहिले पनि जस्तो सुकै दुःख कष्ट सहेर पनि जनताको सेवामा हरदिन, हर रात लागीरहन्छ, पीडितमैत्रि समाज बन्न समुदायको साथ चाहिन्छ’ पोखरेलले भने ।

सोही कार्यक्रममा बोल्दै साहित्यकार तथा कला समीक्षक प्रकाश सायमीले साहित्यका माध्यमबाट समाजको अन्धकार हटाउन आफुहरू सधै सचेत र समाजको रूपान्तरणको साहित्यका मार्फत एउटा भए पनि इट्टा थपन जरुरी रहेको वताए । २ सय ५ औं भानु जयन्ती अवसरमा आयोजित प्रहरी मेरो साथी र लागुऔषध दुरव्यसनी शिर्षकको खुला कविता प्रतियोगितामा ईसा पौडेल प्रथम, ज्ञानदवहादुर खड्का दोस्रो, मिरा जिसि काफ्ले तेस्रो र काजल थापा चौथो हुन सफल भए ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु