गृहपृष्ठ बडिविल्डिङ र फिटनेस सेन्टरहरुलाई करको दायरामा ल्याइने

बडिविल्डिङ र फिटनेस सेन्टरहरुलाई करको दायरामा ल्याइने

fitness-newskarobar

प्रदेश १ का बडिविल्डिङ र फिटनेस सेन्टरहरुलाई पनि करको दायरामा ल्याइने भएको छ । मोरङमा १७ सहित प्रदेश १ मा ३५ बडिविल्डिङ र फिटनेस सेन्टर भएपनि करको दायरामा नआएकोले मोरङ बडिविल्डिङ एण्ड फिटनेस एसोसिएसनले करको दायरामा ल्याउन पहल गर्ने भएको हो ।

विराटनगरमा मात्र २५ लाख देखि ५ करोड लगानी गरेर यस्ता फिटनेस सेन्टर संचालनमा ल्याइएको छ । तर पनि अझैसम्म यस्ता सेन्टरहरु करको दायरामा आउन सकेका छैनन् । स्थानीय तहले करको दायरा फराकिलो बनाउनु पर्ने सुझावहरु आइरहेका बेला एसोसिएसनले यस्तो पहल गरेको एसोसिएसन मोरङका अध्यक्ष अमलेश कर्णले जानकारी दिए ।

यसैबीच विराटनगरमा पहिलो पटक एक हप्ते तालिम संचालन गरिने भएको छ । मोरङ बडिविल्डिङ एण्ड फिटनेस एसोसिएसनले साउन ५ लेखि ११ गते सम्म विराटनगरमा प्रदेशस्तरीय तालिम दिन लागेको छ ।

वर्षौं देखी फिटनेस क्लवहरु संचालन हुदै आएका भएपनि दक्ष प्रशिक्षक नभएका कारण प्रशिक्षकलाई दक्ष बनाउन यस्तो तालिम दिन लागेको कर्णले जानकारी दिए । पछिल्लो समय फिट हुन, स्वस्थ हुन फिटनेस धाउनेको सङख्या बढ्दै गएकाले उपकरण, न्युट्रेसन, जस्ता कुरामा बढी ध्यान दिनुपर्ने भएकोले प्रशिक्षकहरुलाई तालिम दिन लागेको उनले बताए ।

प्रकाशित समय १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु