गृहपृष्ठ प्रचण्डको घरबेटीलार्इ दबाब दिन दबाब समिति

प्रचण्डको घरबेटीलार्इ दबाब दिन दबाब समिति

Kalanki-Nagdhunga-sadak

कलंकी नागढुंगा सडक खण्डको सडक निर्माणमा भएको ढिलाईविरुद्ध दबाब दिन दबाब समिति गठन भएको छ । सडक निर्माणमा भइरहेको ढिलाइका कारण लाखौंको जनधन तथा स्वास्थ्यमाथि गम्भीर असर पुर्याएको भन्दै निर्माण कार्यमा द्रुतता दिन दबाब समिति गठन गरिएको हो ।

कलंकी नाँगढुंगामा बाटो निर्माण ढिला हुँदा धुलो, धुवा र हिलोले सर्वसाधारणको स्वस्थ्यमा गम्भीर असर परेको भन्दै ११ सदस्यिय कलंकी नागढुंगा अनुगमन तथा दबाब समिति गठन गरिएको छ । कंलकी नाँगढुंगा सडकको दुरावस्थाकै कारण धेरै जना दुर्घटनाको सिकार बनिसकेका छन् ।

वर्षाैंदेखि सडक पिच नहुदा तथा खाल्डा नपुरिँदा आम सर्वसाधारणको दैनिक जीवन कष्टकर हुँदै आएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको घरबेटी शारदाप्रसाद अधिकारीले ठेक्का पाएर काममा ढिलासुस्ती गरेको तथा गरेपनि गुणस्तरिय नबनाएको भन्दै स्थानीय इश्वर लामाको अध्यक्षतामा दबाब समिति गठन गरिएको हो ।

‘ठेकेदारले काम गरेपनि एकदमै कमसल खालको पिच गरि झारा टार्ने काम गरिरहेको छ, त्यसलार्ई सच्चाउँदै स्तरीय काम गर्न दबाब दिन संगठित भएका हौं,’ दबाब समूहका अध्यक्ष इश्वर लामाले भने । तीन वर्षभन्दा लामो समयदेखि निर्माण कम्पनी बाटो निर्माण कार्यमा विभिन्न कारण देखाई झारो टार्ने कार्य काम गर्दै आईरहेकोले सरोकारवाला निकायहरुलाई दबाब दिनको लागि चन्द्रागिरि नगरपालिकामा प्रभावित सवै वडाहरुलाई समेटेर सशक्त दवाव दिन संघर्ष समित गठन गर्न बाध्य भएको मूल समितिका सचिव मोहन डाँगीले वताए । सो सडकको तत्काल स्तरोन्नती सम्पन्न गर्न माग गर्दै दबाब समितिले विभिन्न निकायको ध्यानाकर्ष समेत गराउने जनाईएको छ ।

प्रकाशित समय १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु