गृहपृष्ठ सरकार म मरेको हेर्ने चाहन्छ : डा. केसी
सरकार म मरेको हेर्ने चाहन्छ : डा. केसी

डा. गोविन्द केसीले सरकारले आफू मरेको हेर्न चाहेको भन्दै स्वास्थ्य परीक्षण गर्न अस्वीकार गरेका छन् । आफूले वार्ताका लागि पहल गरेको तीन दिन बितिसक्दा पनि सरकारले कुनै चासो नदिएकाले सरकारले आफ्नो मृत्यु चाहेको उनले बताए ।
उनका चिकित्सकले डा. केसीलाई उदृत गर्दै भने, ‘सरले भावुक हुँदै भन्नुभयो– सरकारले मरे मरोस् भन्ठानेको रहेछ । सरकारको चाहना त्यस्तै हो भने म पनि आज उपरान्त कुनै स्वास्थ्य परिक्षण र उपचार गराउँदिन ।’
तीन करोड नेपालीको हितका लागि लड्दै गर्दा मृत्युवरण गर्न आफु तयार रहेको डा. केसीको भनाई थियो । सरकारले वार्ता गर्न नचाहेको उनले बताएका छन् । काठमाडौं आएपछि मात्रै वार्ता हुने भनेर सरकारको आफुलाई झुक्याउन खोजेको उनको आरोप छ ।
बिहीबार दिउँसो दुई पटक अर्ध बेहोस जस्तो अवस्थामा देखिएको डा. केसीको स्वास्थ्य अवस्था भने बिग्रँदो छ । विगतका अनसनको तुलनामा जुम्लाको चिसो मौसम र उच्च क्षेत्रको हावापानीका कारण नयाँ नयाँ समस्याहरु देखिन थालेको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।
दोस्रो तेस्रो दिनदेखि रगतमा अक्सिजनको मात्रा घट्न थालेको थियो । अहिले त्यसैका कारण सास फेर्न गाह्रो हुने, बोल्दा सास बढ्ने, उठ्न गाह्रो हुने समस्या छ । उनलाई निरन्तर कृतिम अक्सिजन दिइएको छ ।
प्रकाशित समय १९:१५ बजे