गृहपृष्ठ रामेछाप नगरपालिकाको बजेट : १५ सैयाको अस्पताल निर्माणमा मौन

रामेछाप नगरपालिकाको बजेट : १५ सैयाको अस्पताल निर्माणमा मौन

ramechhap_district-newskarobar

रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक भएको छ । नगरपालीकाले ५७ करोडको कुल बजेट सार्वजनिक गरे पनि स्वास्थमा करिब १० प्रतिशत मात्र छुट्याएको छ ।

केन्द्र सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा १५ सैयाको अस्पताल निर्माण गर्ने बताए पनि नगरपालिकाको बजेट यस विषयमा मौन रहेको छ । नगरपालिकाले स्वास्थ्यमा ५८ लाख छुट्यएको त छ तर उक्त रकम औषधि खरिद र कर्मचारीको तलब भत्तामा खर्च हुनेछ । स्वास्थ्य क्षेत्रमा कुनै योजना छैन ।

‘स्वास्थ्यमा हाम्रो नगरमा जिल्ला अस्पताल छ,’ आर्थिक समितीका संयोजक तथा २ न. वडा अध्यक्ष निरबहादुर श्रेष्ठले भने, ‘यो विषयमा साथीहरुको धेरै ध्यान गएन सबै रोड र अन्य कुरामा बढी फोकस भयो ।’ आगामी बजेटमा भने त्यसलाई पनि समेटेर जाने उनले बताए ।

यस विषयमा कुरा गर्न खोज्दा मेयर नरबहादुर थापा मगर भने बोल्न चाहेनन् । थापाले भने, ‘सबै कुरा वेबसाइटमै छ त्यही हेर्नुहोला ।’

नगरपालिकाले असार २३ मै बजेट सार्वजनि गरेको भए पनि आफ्नो वेबसाइटम भने असार २९ गते मात्र राखेको छ ।

केन्द्रीय नीति अनुसारै खाँडादेवी गाउँपालिकाले भने खाँडदेवीमा १५ सैयाको अस्पताल निर्माण हुने बताइएको छ । १ करोड ३८ लाख रुपैयाँ स्वास्थ्य क्षेत्रमा छुट्याएको खाँडदेवीले ५० लाख अस्पताल निर्माणमा छुट्याएको छ । खाँडादेवी गाउँपालीकाका प्रमुख प्रेम बहादुर तामाङले अस्पतालको लागि जग्गासमेत तयारी भइसकेको बताए ।

‘हामीसँग दुई ठाउँमा जग्गा दान भएको छ, खाँडदेवीलाई माकादुम र पकरवासमा अस्पताल निर्माणको लागी जग्गा दान भएको छ । हामी छिट्टै निर्णय गरेर अस्पताल निर्माणमा लाग्ने छौं ।’

प्रकाशित समय १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु