गृहपृष्ठ विराटनगरमा सुरक्षा गार्डको हत्या

विराटनगरमा सुरक्षा गार्डको हत्या

death-newskarobar सांकेतिक तस्बिर

 

विराटनगरमा सुरक्षा गार्डको हत्या भएको छ । विराट नर्सिङ होमनजिकै रहेको न्यु बिक्की हार्डवेयरमा काम गर्ने ५० वर्षीय टंक भट्टरार्इको आइतबार बिहान हत्या भएको हो ।

भट्टराईको शव आँखा निकालिएको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार विराटनगर-४, पिपलचोक घर भएका भट्टराई राति हार्डवेयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए । तर, बिहान पौने १० बजे हार्डवेयरका कामदारले ढोका खोल्दा उनी मृत अवस्थामा भेटिएका हुन् ।

उनको सुत्ने कोठाको खाटमुनि शव देखेपछि कामदारले प्रहरीलाई खबर गरेका थिए । उनको शव सिरानीले मुख थुनेको अवस्थामा फेला परेको थियो । भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । कोठामा रहेको इन्भर्टर तल खसेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु