गृहपृष्ठ एनआईसी एसिया बैंक र नर्भिक अस्पतालबीच सम्झौता

एनआईसी एसिया बैंक र नर्भिक अस्पतालबीच सम्झौता

nica_norvichspt

 

एनआईसी एसिया बैंक र थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजबीच सेवा सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नर्भिक अस्पतालमा उपचार गराउँदा एनआर्इसी एसियाका ग्राहकले १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतापत्रमा एनआर्इसी एसियाका चिफ मार्केटिङ अफिसर जयेन्द्र रावल र नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र बैंकका सम्पूर्ण ग्राहकले नर्भिक अस्पतालमा उपचार गराउँदा छुट पाउनेछन् ।

प्रकाशित समय १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु