गृहपृष्ठ महोत्तरी बजार बन्द, शिशुको हत्या भएको विरोधमा स्थानीय आन्दोलित
महोत्तरी बजार बन्द, शिशुको हत्या भएको विरोधमा स्थानीय आन्दोलित
महोत्तरीको बर्दिवास औरही जलेश्वर सडक खण्ड स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको छ । आठ महिने शिशुको हत्या भएको विरोधमा स्थानीय आन्दोलित भएका हुन् ।
शिशुको अपहरणपछि हत्या गरेको विरोधमा स्थानीयले बजार समेत बन्द गराएका छन् ।
औरही नगरपालिकाका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनाली कुमारी गत आइतबार अपहरणमा परेकी थिइन् । उनको शव सोमबार मृत अवस्थामा फेला परेको थियो ।
प्रहरीले अपहरणपछि हत्या गर्नेलाई पक्राउ नगरेको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।
प्रकाशित समय ०९:४९ बजे

















