गृहपृष्ठ कुन देशका प्रमुख कहिले आउने ?
कुन देशका प्रमुख कहिले आउने ?
सिरिसेना आजै आउने, मोदी भोलि आउने
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा सहभागी हुन सदस्यराष्ट्रका प्रमुखहरु आउने क्रम जारी छ ।
भुटानको प्रतिनिधित्व गर्दै, प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक काठमाडौं आईपुगेका छन् । बिहान ८ बजे भुटान एयरलाइन्स (केबी ४००)को उडानबाट उनी आइपुगेका हुन् ।
श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना अपरान्ह साढे २ बजे नेपाल आउदैछिन् । एयर इन्डिया (एआई २१५) को उडानबाट आएलगतै उनी लुम्बिनी भ्रमणमा जानेछन् । यसअघि म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलवार अपरान्ह आएका छन् । उनी आज लुम्बिनी जाँदैछन् ।
सिरिसेना वौद्धमार्गी नेता हुन् । यही कारण उनी बिमस्टेक बैठकमा आएबा बेला बुद्धको जन्मस्थल लुम्बिनीसमेत जान लागेकी हुन् । बाँकी पाहुना भने बिहीवार आउँदैछन् ।
बिहीवार विहान ८ः३० बजे भारतीय सेनाको विशेष विहानबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदैछन् । सवा ९ बजे बीबीसी १८७१ को विशेष उडानबाट बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आउनेछिन् । सवा १० बजे थाइल्याण्डका राष्ट्रपति जनरल चन ओ चो विशेष विमानबाट काठमाडौं आउँदैछन् ।
प्रकाशित समय १०:०१ बजे

















