गृहपृष्ठ शिशु हत्याको विरोधमा महोत्तरीको गौशला बजार बन्द

शिशु हत्याको विरोधमा महोत्तरीको गौशला बजार बन्द

आठ महिनाको शिशुलाई हत्या गरेको विरोधमा महोत्तरीको गौशला बजार स्थानीयले बन्द गराएका छन् । शिशुको हत्यामा संलग्न रहेकोलाई पक्राउको माग गर्दै स्थानीयले गौशला बजार बन्द गराएका हुन् ।

औरही नगरपालिका १ की ८ महिने शिशु सोनाली चौधरीको भंगहा ७ का २५ वर्षीय भरत साहले हत्या गरेको आरोप लगाएका छन् ।

भरतलाई पक्राउ गरि कारबाही गर्न स्थानीयले माग गर्दै आएका छन् । गत सोमबार सोनालीको शव फेला परेको थियो ।

प्रकाशित समय १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु