गृहपृष्ठ १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सकियो
१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सकियो
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडी राष्ट्रहरुको प्रयास बिमस्टेक १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ । बिहिबार र शक्रबार दुई दिन काठमाडौंको होटल सोल्टीमा सम्मेलन भएको हो ।
सम्मेलनकाे समापनमा प्रधानमन्त्री ओलीले बिमस्टेकको अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री ओलीले बिमस्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन् ।
सम्मेलन सकिनु अघि सदस्य राष्ट्रका प्रमुखहरुबीच राजनीतिक संवाद (रिट्रिट) भएको थियो ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)मा विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग बिमस्टेक ग्रिड इन्टरकनेक्सनको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बिमस्टेक राष्ट्रका प्रमुखहरुको रोहबरमा परराष्ट्रमन्त्रीहरुले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै बिमस्टेक राष्ट्रबीच विद्युत आदानप्रदानका लागि सहज हुने भएको छ ।
प्रकाशित समय १२:२० बजे