गृहपृष्ठ निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह र कार्कीबीच प्रतिस्पर्धा हुने
निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह र कार्कीबीच प्रतिस्पर्धा हुने
नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह र यज्ञध्वज कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी अध्यक्षका लागि सिहंले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा उनले कार्कीसँग विगतमा मिलेर काम गरेपनि सबैलाई समेटेर संघको नेतृत्व गर्न नसक्ने भएकाले आफूले उम्मेदवारी दिएको बताए । आफू कुनै निर्माण व्यवसायीको विरुद्ध नभएको भन्दै सिहंले साना ठूला सबै निर्माण व्यवसायीले काम गर्न पाउँनु पर्छ भन्ने पक्षमा रहेको बताए ।
आफू अध्यक्षमा निर्वाचित भएमा निर्माण व्यवसायीको समस्या समाधान गर्ने दाबी समेत गरे ।उनले निर्माण व्यवसायी महासंघका महासचिव होमनाथ कोइरालाले राम्रो काम गरेन भनेर मिडियाले अपशब्द प्रयोग गरेको गुनासो पोखे ।
व्यवसायीलाई अपशब्द प्रयोग नगर्न समेत उनले सबैलाई आग्रह गरे । महासंघको अध्यक्षका लागि यसअघि नै यज्ञध्वज कार्कीले घोषणा गरिसकेका छन् । महासंघको निर्वाचन शनिबार हुँदै छ ।
प्रकाशित समय १४:११ बजे