गृहपृष्ठ सरकारकै कारण विप्लवसँग वार्ता असहज भयाे : पाण्डे
सरकारकै कारण विप्लवसँग वार्ता असहज भयाे : पाण्डे
सिके राउतबारे बोल्न चाहेनन् पाण्डे
सरकारद्वारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले सरकारकै कारण विद्रोही समूहसँग वार्ता गर्न अप्ठेरो परेको बताएका छन् । खासगरी नेत्रवित्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारकै कारण असहज भएको उनको भनाइ छ । शुक्रबार रिपोर्टस क्लबमा आयोजि साक्षात्कारमा पाण्डेले भने, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को पक्राउ गर्दै छाड्ने प्रक्रिया नटुंगिदा वार्तामा असहजता सिर्जना भएको छ ।’
समितिका संयोजक पाण्डेले राजनीतिक र गैर–राजनीतिक क्रियाकलापका आधारमा द्वन्द्वरत समूहलाई वार्तामा बोलाएर शान्ति कायम गर्न सरकार लचिलो हुनुपर्नेमा जोड दिए । ‘प्रकाण्डलाई अदालतले दोषी नरहेको भन्दै रिहाई गर्न भन्ने र गृह मन्त्रालयलले अदालतको परिसरबाटै पक्राउ गर्ने प्रक्रियाले अनेक प्रश्न खडा भएका छन् ।’ प्रकाण्डलाई तत्काल रिहा गरी वार्ताको वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण पनि गराए । प्रकाण्डलाई छाडिए विप्लव समूह वार्ताका लागि तयार रहेको उनको भनाइ छ । विप्लप नेतृत्वको पार्टी जनहितकै पक्षमा रहेको उनले दाबी पनि गरे । ‘यो राजनीतिक पार्टी हो र यो जनताकै पक्षमा छ ।’ उनले भने ।
आफू संयोजक रहेको उच्चस्तरीय समितिले अहिलेसम्म वार्ताका लागि विभिन्न सात वटा समूहलाई आह्वान गरेको उनले जानकारी दिए । हाल नेपालमा नेपालमा १२ वटा समूह सक्रिय रहेका उनले बताए । ‘हामी राजनीतिक र गैरराजनीतिक समूह छुट्याएर अगाडि बढ्छौँ ।’ पाण्डेले भने ।
सिके राउदको विषयमा पत्रकारले राखेको जिज्ञासामा भने पाण्डे बौलन मानेनन् । यसबारे सरकारले केही योजना बनाएको हुन सक्ने उनको जवाफ थियो । सरकारले गत भदौ ८ गते नेकपाका नेता पाण्डेको संयोजकत्वमा ५ सदस्यीय अधिकार सम्पन्न राजनीतिक वार्ता टोली बनाएको थियो । ५ जनाको वार्ता टोलिमा सुरेश आले, ताराकान्त चौधरी, लिला भण्डारी र गृह मन्त्रालयका सहसचीव कुमार खड्का छन ।
प्रकाशित समय १४:१० बजे
















