गृहपृष्ठ माटोेकाे ढिस्कोमा पुरिएर ४ बालिका घाइते
माटोेकाे ढिस्कोमा पुरिएर ४ बालिका घाइते
दसैं तिहारको लागि घर रंगरोगन गर्न माटो खन्न गएका ४ बालिका माटोको ढिस्कोमा परेर घाइते छन् । महोत्तरीको औरही नगरपालिका वाडा नम्बर ३ श्रीपुर बस्ने विनोद साहका १० वर्षकी छोरी मन्तोरिया साह, संझारो महतोका ६ वर्षकी छोरी रीता महतो , दरेश यादवको १२ वर्षकी छोरी काजल यादव र ८ वर्षकी वसन्ती यादव रहेको औरही प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । ढिस्कोमा परेका विनोद साहका १० वर्षकी छोरी मन्तोरिया साहको अवस्था गम्भीर रहेको छ । स्थानीय जंघा खोलामा बिहीबार विहान करिब १० बजे तिर माटो लिन पुगेको बेला माथिबाट माटोको ढिस्को खसेर चारै बालिका पुरिएपछि स्थानीले उद्धार गरेका थिए ।
प्रकाशित समय १३:३० बजे

















