गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १३)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १३)

‘तुइन’ पुस्तकका लेखक को हुन् ?

tuin-book-newskarobar

१. ‘तुइन’ पुस्तकका लेखक को हुन् ?
– सुरेश प्राञ्जाली
२. रुसमा रक्सी सेवनबाट २५ प्रतिशत मानिस कति वर्ष नपुग्दै मृत्युवरण गर्छन् ?
– ५५ वर्ष नपुग्दै
३. विश्वको सबैभन्दा उच्च स्थानमा रहेको सहर कुन हो ?
– लापाज (बोलिभिया)
४. नेपालले एसियन क्रिकेट काउन्सिलको सदस्यता कहिले प्राप्त गर्यो ?
– सन् १९९४
५. नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाको मृत्यु कहिले भएको हो ?
– १८९६ साउन ९
६. कुन किराँत राजाका पालामा गौतम बुद्ध काठमाडौँ आएका थिए ?
– जितेदास्ती
७. खरानीमा कुन मल पाइन्छ ?
– पोटासियम
८. चाँदीको मोहोर चलनचल्तीमा ल्याउने मल्ल राजा कोे थिए ?
– महेन्द्र मल्ल
९. थारु जातिको इष्ट देवता को हुन् ?
– घोडा
१०. मदन पुरस्कार तथा जगदम्बा श्री पुरस्कार कहिले प्रदान गरिन्छ ?
– घटस्थापनाका दिन
११. भक्तपुरको पचपन्न झ्याले दरबार कसले बनाएका हुन् ?
– भूपतिन्द्र मल्ल
१२. विश्वका सबैभन्दा बढी कफी पिउने मुलुक फिनल्यान्ड हो भने सबैभन्दा बढी कुखुराको मासु खाने मुलुक कुन हो ?
– अमेरिका
१३. प्रसिद्ध ग्रिक गणितज्ञ आर्किमिडिज अर्को कुन विषयमा पोख्त थिए ?
– भौतिक शास्त्र, इन्जिनियरिङ र खगोल शास्त्र
१४. नेपालको कुन जातिले हाडनातामा बिहे गर्छन् तर न्वारान गर्दैन् ?
– राउटे
१५. नेपालको सबैभन्दा कफी उत्पादन गुल्मी जिल्लामा हुन्छ भने संसारमा सबैभन्दा धेरै कफी उत्पादन कुन देशमा हुन्छ ?
– ब्राजिल
१६. कुन महादेशमा सबैभन्दा धेरै देश छन् ?
– अफ्रिका
१७. पृथ्वीले १ डिग्री कोण पार गर्न कति समय लगाउँछ ?
– ४ मिनेट
१८. मानिसको शरीरमा २०६ वटा हाड हुन्छन् भने सर्पको शरीरमा कति वटा हाड हुन्छन् ?
– ३००
१९. झुमा परिवारकी माहिली छोरीलाई बनाइन्छ भने देउकी परिवारको कुन छोरीलाई बनाइन्छ ?
– जेठी छारी
२०. नेपालमा कहिलेदेखि कागजी नोट प्रचलनमा ल्याइएको हो ?
– २००२ असार १

प्रकाशित समय १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु