गृहपृष्ठ निर्मला हत्या प्रकरण : एआइजी बस्नेत नेतृत्वको समिति कञ्चनपुरमा
निर्मला हत्या प्रकरण : एआइजी बस्नेत नेतृत्वको समिति कञ्चनपुरमा
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्न एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति कञ्चनपुर पुगेको छ । निर्मलाको हत्या भएको तीन महिना पुग्न लाग्दा पनि दोषी पत्ता नलागेपछि प्रहरीले गठन गरेको छानबिन समिति कञ्चनपुर पुगेको हो ।
प्रहरीले नै घटनाको प्रमाण नष्ट गरेको आरोप लागेपछि एआइजी बस्नेतको नेतृत्वमा छानबिन समिति बनाइएको थियो । समितिले शुक्रबारबाटै अनुसन्धान सुरु गरेको छ । समितिले शुक्रबार घटनास्थलको अनुसन्धान गर्नुकासाथै पीडित परिवारसँग भेट गरेको छ ।
समितिसँग निर्मलाका परिवारले न्यायको माग गरेका छन् । दोषीलाई पक्राउ गरेर कारबाही गर्न परिवारले एआइजी बस्नेतसँग माग गरेका हुन् । गत साउन १० गते घरबाट निस्किएकी निर्मला भोलीपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रकाशित समय १६:५१ बजे

















