गृहपृष्ठ देश टुक्राउने चलखेल भइरहेको छ : गृहमन्त्री थापा

देश टुक्राउने चलखेल भइरहेको छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले देश टुक्राउन केही शक्ति लागि परेको दाबी गरेका छन् । शुक्रबार उपत्यकाव्यापी लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबाललिका हिंसा न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सबन्धि सचेतना कार्यक्रममा मन्त्री थापाले देशमा शान्ति र विकास नचाहनेहरु देश टुक्राउने चलखेलमा लागेको आरोप लगाए ।

नेपालमा लामो संघर्षपछि संघीय गणतन्त्र आएकाले सबै शक्ति मिलेर देशको विकासमा जुट्नु पर्ने बताए । बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार, लागुऔषध, चोरी पैठारी लगायतका घटना बढेको भन्दै गृहमन्त्री थापाले त्यस्ता अपराध रोक्न नयाँ आन्दोलन आवश्यक रहेको बताए ।

हामीले राजासहितको राजतन्त्र फाल्न सबै सबै मिलेर आन्दोलन गर्यौ,’ उनले भने, ‘अब सबै किसिमका अपराध रोक्न चेतना मूलक आन्दोलन नागरिक स्तरबाट गर्न आवश्यक छ ।’ उनले समृद्ध नेपाल निर्माणको लागि जुट्न युवाहरुलाई आग्रह समेत गरे । युवाहरु लागुऔषध र मदिरा सेवान गरेर अपराधमान संलग्न रहेको भन्दै उनले अपराध छोडेर समाजवाद निर्माणमा जुट्न आग्रह गरे ।

प्रकाशित समय १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु