गृहपृष्ठ जनकपुरमा ग्यास सिलिन्डर विस्फोट, एकको मृत्यु, दुई घाइते
जनकपुरमा ग्यास सिलिन्डर विस्फोट, एकको मृत्यु, दुई घाइते
जनकपुरमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी दुर्इजना घाइते भएका छन् ।
घाइते भएका २ जनामध्ये एकको अवस्था चिन्ताजनक रहेको जनकपुर अञ्चल अस्पतालले जनाएको छ । शुक्रबार बेलुका जनकपुरधाम–७ मा पर्ने पुरानो बसपार्कस्थित एक ग्यास वेल्डिङ पसलमा ग्यास सिलिन्डर विस्फोट भएको हो ।
विस्फोटमा परी जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने अन्दाजी ४७ वर्षका प्रमोद साह कसेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ग्यास वेल्डिङ गर्ने सिलिन्डर विस्फोटमा भारत घर भएका र हाल जनकपुरधाममा रिक्सा चलाउँदै आएका ३५ वर्षीय राजु गुप्ता गम्भी घाइते भएका छन् ।
मुख र खुट्टामा गम्भीर चोट लागेका गुप्तालार्इ जनकपुरमा उपचार सम्भव नभएपछि प्राथमिक उपचार गरी बाहिर पठाइएको छ । विस्फोटमै परी घाइते भएका जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने १२ वर्षीय रोहनकुमार साहको जनकपुरमै उपचार भइरहेको छ ।
प्रकाशित समय २०:१० बजे

















