गृहपृष्ठ अाज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका र अाशीर्वाद ग्रहण गरेर मनाइँदै
अाज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका र अाशीर्वाद ग्रहण गरेर मनाइँदै
टीकाको दोस्रो दिन आज पनि आफन्त र मान्यजनको हातबाट टीका जमरा ग्रहण गरिँदैछ । दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी कोजाग्रत पूर्णिमाको दिनसम्म मनाइन्छ ।
विजयादशमीत्रका दिन जान नभ्याइएका आफन्तजनकहाँ कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा थाप्न जाने प्रचलन छ । कतिपय स्थानमा भने टीकाको दिनबाहेक अरू दिन टीका थाप्न नजानेसमेत गरिन्छ ।
गुरु पुरोहित, हजुरबा हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य, क्षमता वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
प्रकाशित समय ०७:१६ बजे

















