गृहपृष्ठ विराटनगरमा पनि गुड्यो रेल (फोटो फिचर)

विराटनगरमा पनि गुड्यो रेल (फोटो फिचर)

भारतको बथनाहादेखि नेपालको कटहरीसम्म निर्माणाधीन रेल्वे मार्गमध्ये आइतबार बुधनगरस्थित भेडियारीसम्म रेल्वेको सफल परीक्षण गरिएको छ । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्मको लिकमा आइतबार रेल्वेको सफल परीक्षण गरिएको हो ।

नेपालको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्रयाकमा फलाम लिक बिछ्याउँदै ३ दशमलव ३ किलोमिटरसम्म रेल मार्गको परीक्षण गरिएको हो । भारतको बथनाहाबाट आइपुगेको रेलको इन्जिन बोक्ने डब्बामा भारतका रेल विभाग र निर्माण कम्पनी इरकोनका प्रतिनिधिहरु सवार थिए ।

 

प्रकाशित समय १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु