गृहपृष्ठ काठमाडौंमा दश लाख बराबरको पटाका नष्ट, नौजना पक्राउ

काठमाडौंमा दश लाख बराबरको पटाका नष्ट, नौजना पक्राउ

प्रहरीले काठमाडौंमा १० लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ । तिहारका लागि भित्र्याइएका करिब १० लाख बराबरको पटाका काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधबार विहान नष्ट गरिएको हो ।

ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्धारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई संचारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए । परिसरले पटाका विक्री वितरणमा संलग्न नौं जनालाई नियन्त्रणमा लिई कानुनी कार्बाही पनि सुरु गरेको छ ।

परिसरले काठमाडौंलाई पटाकामुक्त बनाउन अभियाननै चलाएको छ । परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको विक्री वितरण गर्नेलाई कडा कार्बाही गर्ने चेतावनी पनि दिए । ‘पटका पड्काउने तथा विक्रीवितरण गरेको पाइए प्रहरीलाई सूचना दिन म आग्रह पनि गर्छु ।’

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु