गृहपृष्ठ डिपार्टमेन्ट स्टोरबाट गुणस्तरहीन ड्राई फुड्स जफत

डिपार्टमेन्ट स्टोरबाट गुणस्तरहीन ड्राई फुड्स जफत

ललितपुरको सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरबाट ड्राई फुड्स जफत गरिएको छ । सरकारी टोलीले म्याद नाघेको भेटिएपछि सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ५२ केजी ड्राई फुड्स जफत गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नेतृत्वको अनुगमन टोलीले मिठाइमा प्रयोग गर्ने फ्लेबर वाटर पनि गुणस्तरहीन भएको पाइएपछि जफत गरेको छ ।

म्याद नाघेको, उत्पादक कम्पनीको नामसमेत उल्लेख नगरिएको चाइनिज ब्रान्डका ड्राई फ्डस भेटिएकाले जफत गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए । अनुगमन टोलीले सो डिपार्टमेन्ट स्टोर परिसरमा संचालित खाद्य बस्तु बिक्री केन्द्रमा प्रयोग गरिएको गुणस्तरहीन तेल पनि नष्ट गरेको छ ।

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु