गृहपृष्ठ शंखधर साख्वा राष्ट्रिय संग्राहलय स्थापना गरिने

शंखधर साख्वा राष्ट्रिय संग्राहलय स्थापना गरिने

lalbabu-pandit

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ठ जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गरिने बताएका छन् । भक्तपुरमा आयोजित नेपाल संवतको शुभारम्भ कार्यक्रममा उनले शंखधर साख्वाको संग्राहलय स्थापनाका लागि सम्बन्धित नगरपालिकालाई जग्गा व्यवस्थामा मिलाउन आग्रह पनि गरे । मन्त्री पण्डितले शंखध्वर साख्वाले गरिब जनताको ऋणमोचन गरेर ऐतिहासिक योगदान दिएको पनि स्मरण गराए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय चाडको रुपमा घोषणा गर्न सरकारसँग माग गरे । सरकारले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिन ढिलाइ नगर्ने विश्वास पनि उनले व्यक्त गरे ।

यता, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिने गरी सरकारले आवश्यक प्रक्रिया अघि बढाएको दाबी गरे ।

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु