गृहपृष्ठ उपराष्ट्रपति पुन र पूर्वप्रधानमन्त्री भट्टराईको भाइटिका
उपराष्ट्रपति पुन र पूर्वप्रधानमन्त्री भट्टराईको भाइटिका
उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपति निवास कपुरधारामा भाइटीका लगाएका छन् । एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाईटीका लगाए । उनले चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट भाइटीका थापेका हुन् ।
यस्तै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाए ।
प्रकाशित समय १५:०५ बजे

















