गृहपृष्ठ सामान्य विवाद हुँदा बाँकेमा २१ वर्षीय युवकको हत्या

सामान्य विवाद हुँदा बाँकेमा २१ वर्षीय युवकको हत्या

बाँकेमा एक युवकको चक्कु प्रहार गरी हत्या गरिएको छ । राप्ति सोनारी गाउँपालिका– १ गाभरमा शुक्रबार राति सामान्य विवादपछि २१ वर्षिय हरि बुढा मगरलाई स्थानीय चिन्तन शाह र चन्द्रकिरण शाहले चक्कु हानेर मारेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शुक्रबार राति ८ बजेतिर स्थानीय होटलबाहिर पिसाब गर्दै गरेका हरिलाई केन्द्रित गरी चिन्तन र चन्द्रकिरण टर्च लाइट बालिदिएपछि विवाद भएको थियो । पिसाब गरिरहेका बेला किन टर्च बालेको भन्दै हरिले हकारेका थिए । विवाद बढ्दै गएपछि चिन्तन र चन्द्रकिरणले हरिमाथि चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटना लगत्तै चिन्तन र चन्द्रकिरणको फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु