गृहपृष्ठ क्यालिफोर्नियामा भीषण अागलागी, ९ को मृत्यु, ३५ बेपत्ता

क्यालिफोर्नियामा भीषण अागलागी, ९ को मृत्यु, ३५ बेपत्ता

टाउन अफ प्याराडाइज ध्वस्त

अमेरिकाको क्यालिफोर्निया राज्यमा भीषण डढेलोमा परी ९ जनाको मृत्यु भएको छ भने ३५ जना बेपत्ता छन् । मृत्यु भएका पाँचजनाको शव एउटा कारभित्र भेटिएको अधिकारीहरुले बताएका छन् ।
बीबीसीका अनुसार डेढ लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा जान सचेत गराइएको छ । राज्यको उत्तरी क्षेत्रमा लागेको ’क्याम्प फायर’ नामक डढेलो दक्षिणतर्फ फैलिएको छ, जहाँ कतिपय हलिउड स्टारका घर छन् । उक्त क्षेत्रमा बन्दै गरेका कैयौं घर जलेका छन् ।

शक्तिशाली आँधीसँगै दुवै डढेलो तीव्र रूपमा फैलिरहेको अधिकारीहरूले बताएका छन् । ’वूल्जी फायर’ डढेलो रातारात फैलियो र लस एन्जलसदेखि पश्चिममा पर्ने हाइवे १०१ सम्म पुगेको छ । मध्य लस एन्जलसदेखि ६४ किलोमिटर उत्तर–पश्चिममा पर्ने थाउजण्ड ओक्स क्षेत्रबाट उक्त डढेलो शुरू भएको हो । जसका कारण त्यहाँका ७५ हजार घरधुरीलाई अधिकारीहरूले खाली गराउनुपरेको बताइएको छ । क्याम्प क्रीक भन्ने ठाउँबाट शुरू भएको ’क्याम्प फायर’ बाट टाउन अफ प्याराडाइज ध्वस्त भएको छ । प्रतिघण्टा ५६ किलोमिटर वेगको हावा चलिरहेकाले आगो तीव्र रुपमा फैलिरहेको अधिकारीहरुले बताएका छन् ।

क्यालिफोर्नियामा रात्रिक्लवमा गोली प्रहार, १२ जनाको मृत्यु

 

प्रकाशित समय १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु