गृहपृष्ठ निजगढमा ट्याक्सी र जिप ठोकिँदा तीन जनाको मृत्यु

निजगढमा ट्याक्सी र जिप ठोकिँदा तीन जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका–९ मा ग २ च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको सब्जी बोकेको जिप आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनामा परी ट्याक्सी चालक भक्तपुरका २८ वर्षीय समुन्द्र श्रेष्ठ, निजगढ नगरपालिका–७ का २५ वर्षीय आकाश माझी र २५ वर्षीय विशाल माझी रहेका छन् ।

शुक्रबार राति १ बजे भएको दुर्घटनालगत्तै आकाश र विशाललाई निजगढस्थित स्वास्थ्य केन्द्र र चालक श्रेष्ठलाई हेटौडास्थित चुरेहिल अस्पताल पुर्याइएको थियो । उनीहरुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका २८ वर्षीय नरेश माझी र २१ वर्षीय अर्जुन माझीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित समय १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु