गृहपृष्ठ अब बस्ने मन्त्रिपरिषद बैठकले कर्मचारी समायोजनबारे निर्णय गर्ने !

अब बस्ने मन्त्रिपरिषद बैठकले कर्मचारी समायोजनबारे निर्णय गर्ने !

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अब बस्ने मन्त्रीपरिषद बैठकले कर्मचारी समायोजनको टुङ्गो लगाउने बताएका छन् । अस्थायी, करार तथा ज्यालाका कर्मचारी आन्दोलनमा रहेका बेला मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनका अनुसार कर्मचारी समायोजनबारे विभिन्न चरणमा छलफलपछि सरकारले निर्णय गर्न लागेको हो ।

‘संविधान र कानुनी व्यवस्थाभित्रै रहेर हामी कर्मचारी समायोजन गर्छौं,’ काठमाडौंमा शनिबार आयोजित साक्षात्कारमा मन्त्री पण्डितले भने, ‘अनुहार हेरेर होइन, योग्यता र क्षमता हेरेर सरकारले कर्मचारीको मूल्यांकन र व्यवस्थापन गर्छ ।’

अस्थायी, करार र ज्यालामा काम गर्ने कर्मचारीहरु स्थायी नियुक्तिको माग गर्दै आन्दालनमा छन् । तर, मन्त्री पण्डितले आवश्यकताभन्दा बढी कर्मचारी स्थायी नगर्ने बताए । ‘आवश्यक कर्मचारीलाई मात्र स्थायी गरिने छ,’ उनले भने, ‘सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त पनि गर्न सक्छौं ।’

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु