गृहपृष्ठ ‘ठग्स अफ हिन्दुस्तान’ले बक्स अफिसमा पहिलो दिन तोड्यो रेकर्ड

‘ठग्स अफ हिन्दुस्तान’ले बक्स अफिसमा पहिलो दिन तोड्यो रेकर्ड

toh-newskarobar

नोभेम्बर ८ मा रिलिज भएको फिल्म ठग्स अफ हिन्दुस्तानले दुई दिनमा एक सय करोडको व्यापार गरेको छ । दर्शक र फिल्म विश्लेषकहरुले नकारात्मक प्रतिक्रिया दिइरहेका बेला फिल्मले बक्स अफिसमा रेकर्ड बनाएको हो । तर, फिल्म निरन्तर चल्नेमा भने आशंका व्यक्त भइरहेका छन् ।

आमिर खान, अमिताभ बच्चन, फातिमा शेख, कट्रिना कैफलगायतको मुख्य अभिनय रहेको फिल्म हिन्दी, तामिल र तेलेगु गरी तीन भाषामा रिलिज भएको छ । फिल्मले पहिलो दिन ५० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । ठग्स अफ हिन्दुस्तानलाई भारतमा तीन भाषामा गरी ७ हजार स्क्रिनमा रिलिज गरिएको छ, जुन अहिलेसम्म भारतमा अहिलेसम्म सबैभन्दा बढी स्क्रिनमा रिलिज भएको हो ।

फिल्मले यो वर्ष एकैदिनमा धेरै कलेक्सनको रेकर्ड पनि बनाएको छ । यसअघि चललित्र सञ्जुले ३५ करोडको व्यापार गरेको थियो । त्यसैगरी, दिपावलीमा रिलिज गरिएको फिल्मले पनि धेरै व्यापार गर्ने रेकर्ड बनाएको छ । यसअघि, दिपावलीमा रिलिज गरिएको फिल्म ह्यापी न्यु इयरले पहिलो दिनमा ४५ करोड व्यापार गरेको थियो ।

प्रकाशित समय १५:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु