गृहपृष्ठ कर तिर्नु नागरिकको कर्तव्य : मुख्यमन्त्री गुरुङ

कर तिर्नु नागरिकको कर्तव्य : मुख्यमन्त्री गुरुङ

सातौं राष्ट्रिय कर दिवस २०७५ को सन्दर्भमा (शनिबार) पोखरामा प्रभातफेरी निकालिएको छ । आन्तरिक राजश्व कार्यालय पोखराको अगुवाइमा पोखरामा साप्ताहिक कर दिवसको सन्र्दभमा शनिबार प्रभातफेरी निकालिएको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशवकुमार उप्रेतीले बताए ।

उक्त प्रभातफेरी कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आम नागरिकले कर तिर्नु नागरिक कर्तव्य भएको बताएकाछन् । उनले भने, ‘जनताले कर तिर्नु कर्तव्य हो, सरकारको तर्फबाट सुरक्षा, कानुन र उचित वातावरण तयार गर्नु पर्छ, यसप्रति गण्डकी प्रदेश लागि राखेको छ । ‘

संसारमा जहाँ कर बढी लगाएको हुन्छ त्यहाँ बढी सामाजिक सुरक्षा हुने गरेको उनको भनाइ छ । मुख्यमन्त्री गुरुङले राज्यलाई बलियो पार्न कर तिर्नुपर्नेमा जोड दिँदै नागरिकले न्यायोचित ढंगले कर नतिरेसम्म आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताए ।

दोहोरो करको बाहानामा केहिले कर तिर्न आनाकानी गर्न खोजेको मुख्यमन्त्रीको आरोप छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कर भनेको आफ्नै घरमा जाने एक प्रकारको सम्पति नै भएको बताए ।

उनले भने, ‘कर तिर्नु भनेको हाम्रै घरमा जाने हो, यसरी राज्यले उठाएको करबाटै राज्यले उच्च शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी, किट्नी, मुटु, डाईलोसिस लगायतको उपचारमा राज्यले दिएको सेवा सुविधा राज्यले जनताबाट संकलन गरेको करबाटै लगानी गरेको हो ।’

अझै पनि न्यायोचित ढंगले कर संकलन हुन नसकेको बताउदै उनले कर विना देशले समृद्धि हासिल गर्न नसकिने दाबी गरे । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कर सप्ताह कार्यक्रममा मात्र सिमित नभई यसको प्रभावकारीता हुनु पर्नेमा जोड दिँदै राज्यलाई जनताले कर तिरे अनुसारको सेवा सुविधा भने दिन नसकेको बताए ।

कर संकलन अझै पनि आसातित ढंगले हुन नसकेको उनको भनाई थियो । नेपाल उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोईरालाले करको अझै दायरा भन्दा दरमा मात्र केन्द्रित भएको आरोप लगाए । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशवकुमार उप्रेतीले एक सातासम्म पोखरामा कर सम्बन्धि विभिन्न कार्यक्रमको आयोजना गरि कर सप्ताह मनाइने भएको जनाए ।

पोखरा र स्याङजामा हाल करिब ६० हजार कर दाता रहेको कर अधिकृत विजय लामिछानेले बताए । पोखराको सभागृह हल परिसरबाट सुरु भएको प्रभातफेरी, सृजनाचोक, रत्नचोक हुदै आन्तरिक राजश्व कार्यालयमा पुगेर समापन भएको थियो ।

प्रकाशित समय ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु