गृहपृष्ठ भ्रष्टाचार अन्त्य नगरी विकास सम्भव छैन : मुख्यमन्त्री शाही

भ्रष्टाचार अन्त्य नगरी विकास सम्भव छैन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भ्रष्टाचार अन्त्य नगरी कर्णाली प्रदेशको विकास सम्भव नहुने बताएका छन् । छायानाथ रारा नगरपालिकाले शनिवार आयोजना गरेको मदिरा निषेधित नगर घोषणा कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । उनले भने ‘कर्णालीमा जबसम्म भ्रष्टाचार मौलाइरहन्छ तबसम्म विकास सम्भव छैन । कर्णालीको विकास गर्ने हो भने भ्रष्टाचारको अन्त्य हुनुपर्छ ।’

उनले थपे ‘प्रदेश सरकार आर्थिक श्रोतको व्यवस्थापनमा लागिरहेको छ, मुख्यमन्त्रीको हैसियतमा दातृ निकाय तथा लगानीकर्ताहरुसँग गरिएका छलफलहरु सकारात्मक दिशामा अगाडि वढिरहेको छन्,’ मुख्यमन्त्री शाहीले भने, ‘श्रोतको सदुपयोग र दिगो विकासको सामुहिक प्रतिबद्धताको जरुरी छ ।’

आप्mनो चिन भ्रमणका क्रममा भएको सहमति अनुसार चाइना रेलवे कम्पनीले हिल्सा–जमुनाहा द्रुर्तमार्ग निर्माणका लागि अध्ययनको काम शुरु गरिसकेको जानकारी दिदै मुख्यमन्त्री शाहीले ६ महिना भित्र अध्ययन प्रतिवेदन प्रदेश सरकारको हातमा आउने र द्रुर्तमार्ग निर्माण अगाडि बजानकारी दिए ।

कर्णालीको जीवनरेखाका रुपमा रहेको हिल्सा–जमुनाहा द्रुर्तमार्ग निर्माणसँगै कर्णालीको विकास र समृद्धिको ढोका खुल्ने उनको भनाई रहेको थियो । मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय सिमा नाका संचालनका लागि आवश्यक गृहकार्य भइरहेको समेत बताए ।

शाहीले हिल्सासँगै मुगुको नाक्चेलाग्ना र डोल्पाको धोमरिम गरि तिनवटा अन्तर्राष्ट्रिय सिमा नाका संचालन गर्न प्रदेश सरकार लागि परेको जानकारी दिए । मुख्यमन्त्री शाहीले नाग्मा–गमगढी सडकलाई तत्काल दुई लेन सडकका रुपमा कालोपत्रे गर्नको लागी विश्व वैंकसँग छलफल भएको र राराको पर्यटन विकासको लागि पनि यो सडकको स्तरोन्नती जरुरी रहेको वताए ।

प्रकाशित समय ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु