गृहपृष्ठ काठमाडौंमा शिक्षक र प्रहरीबीच झडप
काठमाडौंमा शिक्षक र प्रहरीबीच झडप
विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षक र प्रहरीबीच झडप भएको छ । अन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंस्थित प्रदर्शनीमार्गमा झडप भएको हो ।
शिक्षक काउन्सिलको व्यवस्था गर्नुपर्ने, शिक्षक कर्मचारीसँग भएका विगतका सम्झौता कार्यान्वयन हुनुपर्ने, शिक्षक अस्पतालको व्यवस्था गर्नुपर्ने, समयसापेक्ष तलव वृद्धि हुनुपर्ने, प्राविधिक धारतर्फ कार्यरत शिक्षकको दरबन्दी सिर्जना गरी सेवा, शर्त र सुविधाको सुनिश्चितता हुनुपर्ने महासंघको माग छ ।
यही माग पूरा गर्न सरकारलार्इ दबाब दिन आन्दोलनमा उत्रिएका शिक्षक तथा प्रहरीबीच बिहीबार प्रदर्शनीमार्गमा झडप भएको हो ।
प्रकाशित समय १३:४६ बजे

















