गृहपृष्ठ धनपालथान गाउँपालिकाका मुस्लिम समुदायले अब दहेज नलिने
धनपालथान गाउँपालिकाका मुस्लिम समुदायले अब दहेज नलिने
‘छोरीलाई दाइजो होइन पैत्रिक सम्पतिको अंश देउ’ भन्ने नाराका साथ मोरङका मुस्लिम समूदायले दहेजविरुद्ध अभियान सुरु गरेका छन् । दाइजोविरुद्ध १० दिने अभियान अन्तर्गत मोरङको धनपालथान गाँउपालिकाका मुस्लिम समुदायहरुले कर्सिया वजारमा र्याली निकालेर दहेजविरुद्धको अभियान सुरु गरेका हुन् ।
-यालीपछि आयोजित कोणसभामा मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधिहरुले दहेज लिनु र दिनु पाप हो भन्दै अबदेखि छोराछोरीको विवाहमा दहेज नलिने र दहेज नदिने सामूहिक प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा धनपालथान गाउँपालिका-६ का वडाध्यक्ष मोहमद हुसेनले दहेज प्रथाको अन्त्यका लागि अभियान सुरु गरेको बताए । उनले अभियानलाई घरघरसम्म पुर्याउनेमा जोड दिए ।
मुस्लिम अगुवा मौलाना सयदले दहेजविरुद्धको अभियानलाई सफल बनाउन यसको सुरुवात परिवार र समुदायबाटै हुनुपर्ने बताए । यो अभियान मोरङको १७ वटै स्थानीय तहमा सुरु गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रकाशित समय १५:३२ बजे

















