गृहपृष्ठ बाटुलेचौरमा गन्धर्व संग्रहालय भवनको मन्त्री अधिकारीद्वारा उद्घाटन
बाटुलेचौरमा गन्धर्व संग्रहालय भवनको मन्त्री अधिकारीद्वारा उद्घाटन
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले गन्धर्व संस्कृति र कलाको विकास गर्न एकेडेमी स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
पोखरा–१६, बाटुलेचौरमा नवनिर्मित गन्धर्व संग्रहालयको उद्घाटन गर्दै मन्त्री अधिकारीले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । उनले गन्धर्वहरू नेपाली कला र संस्कृतिको धरोहर भएको उल्लेख गरे ।
मन्त्री अधिकारीले यस क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै महेन्द्र गुफा र चमेरे गुफाको वृहत्तर विकासका लागि पनि आफू तयार रहेको उल्लेख गरे ।
गण्डकी प्रदेशका सांसद कृष्ण थापाले पोखरा पर्यटकीय रुपमा मात्र नभई कला र संस्कृतिमा पनि धनी रहेको बताए ।
२०७१ सालमा निर्माण सुरु गरिएको संग्राहालयभवन १७ लाख रुपैयाँको लागतमा गत असार मसान्तमा निर्माण सम्पन्न भएको कोषाध्यक्ष विनोद गायकले जानकारी दिए । संग्रहालय निर्माणसँगै पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा स्थानीयले गरेका छन् ।
संग्रहालयमा गन्धर्वहरुका कला, संस्कृति झल्कने किसिमका सारङ्गी, मादल, अरबाजा लगायतका पुराना बाजाहरु र गन्धर्वसँग सम्बन्धित पुस्तकहरु राखिएका छन् ।
प्रकाशित समय १५:४५ बजे

















