गृहपृष्ठ कर्मचारीको आन्दोलनले प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाइ स्थगित

कर्मचारीको आन्दोलनले प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाइ स्थगित

cholendra-samsher-rana-newskarobar

जयसर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाइ मंगलबारका लागि सरेको छ । संघीय संसदका कर्मचारीहरुको आन्दोलनका कारण संसदीय सुनुवाइ विशेष समितिमा जबराको सुनुवाइ आइतबार पूरा हुन नसकेकोले मंगलबारलाई सारिएको हो ।

न्यायाधीश जबरालाई आइतबार दिउँसो २ बजे बोलाइएको थियो । सांसदले प्रश्न गर्ने क्रम चलिरहँदा ४ बजेपछि सुनुवाइ अगाडि बढ्न सकेन । विशेष सिमितिका सभापति लक्ष्मणलाल कर्णले कर्मचारी आन्दोलनका कारण बैठक अगाडि बढ्न नसक्ने जानकारी गराएपछि बैठक स्थगित भएको हो । अर्काे सुनुवाई मंगलबार ११ बजे हुनेछ । सांसदहरुले उठाएको प्रश्नको न्यायाधीश जबराले पर्सि नै जवाफ दिनेछन् ।

राणामाथि नौ वटा उजुरी परेका छन् । राणाको विषयमा परेका उजुरीका सम्बन्धमा सुनुवाइ समितिले उजुरुकर्तासँग यसअघि छलफल गरिसकेको छ ।

संसदीय समितिले आफूमाथि परेका उजुरीको चित्त बुझ्दो जावाफ दिए राणाको नाम अनुमोदन गर्नेछ । सुनुवाइका क्रममा राणाविरुद्ध परेका उजुरी र उनका भावी कार्ययोजनाका विषयमा छलफल हुनेछ ।

राणालाई संवैधानिक परिषदले केही साता अघि प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिले राणाको नाम अनुमोदन गरे सपथको बाटो खुल्नेछ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेर हदका कारण पुस १८ मा सेवाबाट अवकाश लिँदै छन् ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु