गृहपृष्ठ सेयर बजारमा दोहोरो अंकको गिरावट
सेयर बजारमा दोहोरो अंकको गिरावट
सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । होटल, निर्जीवन बिमा र उत्पादनमूलक समूह बढे पनि अरु आठवटा समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो ।
आइतबार नेप्से १०.६२ अंकले घटेर १२०४.५४ अंकमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि आधाले घटेको छ । आइतबार १६८ कम्पनीको ४५ करोड ४२ लाख रुपैयाँबराबरको १२ लाख ३६ हजार ३४३ कित्ता सेयर किनबेच भएको छ । यो रकम गत साताको अन्तिम कारोबार हुने दिन बिहीबारको भन्दा आधा कम हो । बिहीबार एक अर्बभन्दा बढीको कारोबार भएको थियो ।
गत साता सेयर बजार ५० अंकभन्दा धेरैले बढेको थियो ।
प्रकाशित समय १६:५५ बजे

















