गृहपृष्ठ लुम्बिनी अञ्चल अस्पताल अब प्रादेशिक अस्पताल
लुम्बिनी अञ्चल अस्पताल अब प्रादेशिक अस्पताल
माघीको दिन प्रदेश ५ मा सार्वजनिक विदा
मंगलबार बसेको प्रदेश-५ को मन्त्रिपरिषद् बैठक ।
प्रदेश-५ सरकारले बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने भएको छ । अस्पतालको नाम परिर्वतन गरी प्रादेशिक अस्पताल नामकरण गर्ने र सोही अनुसारको पूर्वाधार विकास गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अञ्चल अस्पतालहरुको नामाकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न सैद्दान्तिक सहमति दिएको छ ।
सो प्रस्ताव पारित भएपछि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालालको नाम ‘प्रादेशिक लुम्बिनी अस्पताल बुटवल’ हुनेछ । त्यस्तै लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालको पनि नाम परिवर्तन गरी ‘प्रादेशीक लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल’ राखिने भएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश तथ्यांकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश खाँनी व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश बालबालिकाको हक अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभमा पेश गर्न सैद्दान्तिक सहमति दिने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्ले माघे संक्रान्तीको अवसरमा माग दुई गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेशमा मगर र थारु जातीको बाहुल्यता रहेकोले प्रदेश सरकारले माघे संक्रान्तीका अवसरमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम समेत आयोजना गर्ने भएको छ । प्रदेशस्तरीय नेपाल मगर संघ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहने सो कार्यक्रममा मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बंगुर तथा थारु समुदायको प्रचलित खाना ढिकरी, माछा र घोगी खुवाइने प्रवक्ता चौधरीले जानकारी दिए ।
प्रकाशित समय १९:२२ बजे

















