गृहपृष्ठ दाङमा सडक दुर्घटना : एकको मृत्यु प्रदेश सांसदसहित १३ घाइते

दाङमा सडक दुर्घटना : एकको मृत्यु प्रदेश सांसदसहित १३ घाइते

accident_dang_newskarobar

विहीबार दाङमा भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मृतकको सनाखत हुन छैन । त्यस्तै सोही घटनामा परी प्रदेश सांसदसहित १३ जना घइते भएका छन् ।

दुर्घटनामा प्रदेश-५ का प्रदेश सांसद उत्तर कुमार वली सहित अन्य १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सांसद उत्तर कुमार वलीको अवस्था गम्भीर छ । घटनामा गम्भीर घाइते भएका प्रदेश सांसद वलीलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

दाङको तुलसीपुरबाट वीरगन्ज जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको सांसद सवार बा १८ च ६८३६ नम्बरको जिप घोराही उपमहानगरपालिका वडा नम्बर ३ मुसोटको चिसापानी नजिक एक आपसमा ठोक्किएको थियो ।

प्रकाशित समय १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु