गृहपृष्ठ फागुन ३ देखि रुपन्देहीको देवदहमा खाद्य मेला हुने

फागुन ३ देखि रुपन्देहीको देवदहमा खाद्य मेला हुने

रुपन्देहीको देवदहमा खाद्य मेला हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना यही  फागुन ३ गते देखि ५ गते सम्म खाद्य मेला हुने भएको हो ।

कार्यालयले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी तिब्र पारिएको जानकारी दिएको हो । कार्यालय प्रमुख, बरिष्ठ खाद्य अनुसन्धान अधिकृत हस्त बहादुर राईले परम्परागत पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं भन्ने नाराका साथ ५ गते सम्म चल्ने मेला देवदह नगरपालिकाको सह आयोजनामा गर्न लागिएको जानाकारी दिए ।

देवदह मण्डप घोडाहमा लाग्ने मेलामा निःशुल्क स्टल र प्रवेश समेत निःशुल्क हुनेछ । त्यसका अतिरिक्त स्टल राख्ने स्टललाई प्रतिदिन १  हजार रुपैयाँ दिने समेत कार्यालयले बताएको छ । मेलामा परम्परागत र जातीय परिकारहरु, स्थानीय खाद्य परिकार सम्बन्धी उद्योग र व्यवसाय, होम स्टे, खाद्य प्रविधि तथा पोषण स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु हुनेछन् ।

त्यसतै मेलामा घरेलु प्रशोधन उद्योग सम्बन्धी प्रविधि तथा उपकरणको प्रर्दशनी गरिने कार्यालय प्रमुख राईले जानाकारी दिए । मेलामा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने बताइएको छ । खाने बानी सुधारका लागि स्थानीय रुपमा उत्पादन तथा उपलब्ध हुने पौष्टिक महत्वका खाद्य पद्धार्थ बारे मेलामा जानाकारी दिईनेछ । अहिले सम्म ६० भन्दा बढि स्टल बुकिङ भएको कार्यालयको भनाइ छ ।

मेलामा साना घरेलु खाद्य उद्योगहरु कृषि, पशु र वनजन्य स्रोतहरुबाट उपलब्ध हुने खाद्य पदार्थ प्रसोधन गर्ने, स्थानीय परम्परागत खाद्य पदार्थको सेवामा संलग्न होटेल होमस्टेहरु, स्थानीय जातजातीका परम्परागत परिकारहरुः सेल रोटी, थेकुवा, चिचिरि भात, घुङ्गी, खाद्य पोषण र प्रबिधिका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुः कृषि पोषण र खाद्य प्रविधि कलेजहरु, पोषण ज्ञान सम्बन्धि सरकारी र गैर्हसरकारी संघ संस्थाहरु सहभागी हुने छन् ।

प्रकाशित समय १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु