गृहपृष्ठ अख्तियारले थाल्यो तत्कालीन आयुक्त पाठकविरुद्ध छानबिन
अख्तियारले थाल्यो तत्कालीन आयुक्त पाठकविरुद्ध छानबिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध छानबिन सुरु गरेको छ । ७८ लाख रुपैयाँ लिएको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका पाठकविरुद्ध आयोगले नै छानबिन सुरु गरेको हो ।
आयोगले सहसचिव नेतृत्वमा तीन सदस्यीय टोली बनाएर अनुसन्धान सुरु गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालले अनुसन्धान सुरु गरिएको जानकारी दिए । अख्तियारले महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेपछि अनुसन्धान सुुरु गरेको हो ।
प्रकाशित समय १२:४४ बजे

















