गृहपृष्ठ चौथो दिनसम्म क्यान इन्फोटेक मेला १ लाख २० हजारले अवलोकन गरे

चौथो दिनसम्म क्यान इन्फोटेक मेला १ लाख २० हजारले अवलोकन गरे

can_butwal

कम्प्युटर एसोसिएसन महासंघ (क्यान) रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप बाइटेक क्यान इन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनीमा सोमबार विभिन्न प्रतियोगीता तथा सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् ।

सोमबार बिजनेस डे समेत रहेको इन्फोटेकमा युवा विद्यार्थीहरु र उद्योगी व्यापारीहरुको विशेष घुइँचो रहेको थियो ।  चौथो दिनसम्म आउँदा १ लाख २० हजार भन्दा बढी दर्शकले इन्फोटेक अवलोकन गरेको प्रसार प्रसार संयोजक  तथा क्यान महासंघ रुपन्देहीका सह-सचिव सुरेश चन्द्र भट्राईले जानकारी दिए ।

सोमबार अन्तर विद्यालय एक्सपर्ट वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जसमा शिद्धार्थ आवसीय माविका विद्यार्थी महेश बन्जाडे प्रथम भए । ७ वटा विद्यालयहरुको प्रतिष्पर्धा रहेको उक्त प्रतियोगीतामा अन्नपूर्ण माविकी सम्झना सुवेदी द्वीतीय भइन् । यस्तै न्यु होराइजन अंग्रेजी आवसीय माविका समृद्धि ज्ञवाली तृतिय भइन् । प्रतियोगीताको सान्तवना स्थानमा कालिका मानवज्ञान माविका विद्यार्थी निशाना पोखरेल भइन् ।

प्रतियोगीतामा सहभागी विद्यार्थीहरुलाई प्रयोजकको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले प्रथम लाई ५ हजार, द्वीतीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्तवना स्थान प्राप्त गर्नेलाई १ हजार नगदसहित मेडल प्रदान गर्यो । नगद पुरस्कार इन्फोटेक समापनको दिन मंगलबार प्रदान गरिने छ ।

यस्तै प्रतियोगीतामा सहभागी ७ जना विद्यार्थीहरु र ३ जना निर्णयकहरुलाई  माईक्रोटेक कम्प्युटर सप्लार्यसले के सेभेन टोटल सकुरेटी सहित विभिन्न गिफ्ट ह्याम्पर  र एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजले पनि आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु