गृहपृष्ठ टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)

टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)

६९ औँ प्रजातन्त्र दिवसको अवसमा मंगलबार सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यंक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु लगायत उच्च पदस्थ व्यक्ति सहभागी भएका थिए । सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । नेपालमा जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

तस्बिर : रासस

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु