गृहपृष्ठ नेपालीको पेन्सनमा विभेद नगर्न बेलायतलाई आग्रह
नेपालीको पेन्सनमा विभेद नगर्न बेलायतलाई आग्रह
फाइल तस्बिर
सरकारले भूतपूर्व गोर्खा सैनिक नेपालीको पेन्सनलगायतका सुविधामा विभेद नगर्न बेलायत सरकारलाई आग्रह गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङ्कास्टरसँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।
धेरै नेपाली युवाहरूले गोर्खा सैनिकका रूपमा सेवा गरेको स्मरण गराउँदै भूपू गोर्खा सैनिक नेपालीप्रति बेलायत सरकारले पेन्सन लगायतका सुविधामा विभेद गर्न नहुने बताएका रक्षा मन्त्रालयले जनाएको छ । जवाफमा बेलायती राज्यमन्त्री ल्याङ्कास्टरले सेवा निवृत्त गोर्खा सैनिकहरूको उच्च योगदानलाई कदर गर्दै भूतपूर्व गोर्खा सैनिकको निवृत्तिभरण सहितका सुविधामा हालै वृद्धि गरिएको जानकारीसमेत गराएका थिए ।
नेपाल र संयुक्त अधिराज्यबीच परापूर्वकालदेखि नै अत्यन्त घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र नेपालको पहिलो कूटनैतिक सम्बन्ध भएको देश संयुक्त अधिराज्य भएको कुराको स्मरण पनि उपप्राधमन्त्री पोखरेलले गरे ।
प्रकाशित समय २०:१४ बजे

















