गृहपृष्ठ द हिडेन ट्रेजरद्वारा मिस नेपाल-२०१९ को आवेदन खुला

द हिडेन ट्रेजरद्वारा मिस नेपाल-२०१९ को आवेदन खुला

miss_nepal

मिस नेपाल आयोजना गर्दै आएको ‘द हिडेन ट्रेजर’ले मिस नेपाल २०१९ को आवेदन खुला गरिएको जानकारी दिएको छ । आइतबार होटल अन्नपूर्णमा एक कार्यक्रम गरी हिडेन ट्रेजरले सन् २०१९ का लागि मिस नेपालको आवेदन खुला गरिएको जानकरी दिएको हो ।

मिस नेपाल-२०१९ का लागि १९ देखि २५ वर्षसम्मका अविवाहित युवतीहरू सहभागी हुन सक्नेछन् । त्यसका लागि ४.५ इन्च भन्दा बढी उचाई भएका एवं नेपाली नागरिकता र पासपोर्ट भएको हुनुपर्ने सर्त तोकिएको छ ।

हिडन ट्रेजरले मिस नेपालको अडिसनका लागि मिति पनि तय गरेको जनाएको छ । जस अनुसार धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरानमा मिस नेपाल छनोटको अडिसन हुनेछ । धनगढी, नेपालगञ्ज, बुटवल तथा पोखरामा मार्च १३-१५ मा, चितवन, वीरगञ्ज, धरान तथा विर्तामोडमा मार्च १७-१९ सम्म अडिसन हुनेछ । त्यसरी अडिसनमा छानिएकाहरूको अन्तिम छनोट भने काठमाडौंमा मार्च २४ मा हुने मिति तय गरिएको छ ।

हिडेन ट्रेजरका अनुसार प्रतियोगिताबाट मिस वर्ल्ड नेपाल, मिस अर्थ नेपाल, मिस इन्टरनेसनल नेपाल, मिस युनिभर्स नेपाल तथा मिस सुप्रानेसनल नेपालको छनोट हुनेछन् ।

प्रकाशित समय १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु