गृहपृष्ठ तिलोत्तमा गोल्ड कपको उपाधी दाउफिन्सलाई

तिलोत्तमा गोल्ड कपको उपाधी दाउफिन्सलाई

tilottama_gold_cup

बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको उपाधी पाहुना टोली दाउफिन्स क्यामरुङले जितेको छ । सोमबार भएको फाइनलमा नेपाल पुलिसलाई सडेन डेथमा हराउँदै दाउफिन्सले उपाधि कब्जा गरेको हो ।

नेपाल प्रहरीले पटक-पटक गोल गर्ने मौका पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा उपाधी दाउफिन्सलाई सुम्पियो । यसअघि पोखरा कप र बुढासुब्बा गोल्डकपको उपाधी जितेको दाउफिन्सले तिलोत्तमा गोल्डकप जित्दै उपाधिमा ह्याट्रिक गरेको छ ।

सबैभन्दा ठूलो पुरस्कार राशीको खप्तड कप जितेको पुलिस क्लबले तिलोत्तमा गोल्डकपको उपाधी पाँचौ पटक उचाल्न सकेन ।

रुपन्देही ११ लाई हराएर दाउफिन्स र च्यासल युथ क्लबलाई हराएर नेपाल पुलिस क्लबले फाइनल यात्रा तय गरेका थिए ।

विजेताले ८ लाख ८० हजार नगदसहित ट्रफी प्राप्त गरेको  छ । उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद प्राप्त गरेको आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी  दिए ।

दोस्रो हाफमा नेपाल प्रहरीका तिर्थ राना मगरले गोल गरे पनि अफसाईड गोल भएको थियो । सडेन डेथमा नेपाल प्रहरीका तेज तामाङको प्राहरले पनि जाली चुम्न सकेन । यस्तै जर्सी नम्बर ८ का नियाले प्रहार गरेको गोल रोशन खड्काले रोक्न सकेनन् र जालि चुम्न सफल भयो ।

प्रकाशित समय १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु