गृहपृष्ठ महिला साफ च्याम्पियनसिप : महिला टोलीको घोषणा
महिला साफ च्याम्पियनसिप : महिला टोलीको घोषणा
महिला साफ च्याम्पीयनसिपका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । विराटनगरमा २८ गतेबाट सुरु हुने पाँचौं च्याम्पीयनसिपका लागि निरु थापाको कप्तानीमा टोलीको घोषणा गरिएको हो । प्रशिक्षक हरि खड्काले २० सदस्यीय टोलीको घोषणा गरेका हुन ।
गोलकिपरमा अन्जना रानामगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ छन् । डिफेन्डरमा हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, अमृता जोसी, कविता धिमाल, पुजा रानामगर, मनमाया लिम्बु छन्।
मिडफिल्डमा अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, सर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी र अनिता केसी छन् । फर्वाडमा रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारी छन् । पुर्वकप्तान अनु लामा, बिमला चौधरी र सुनिता चौधरी टोलीबाट बाहिरिएका छन् ।
प्रकाशित समय १५:३४ बजे

















